Logo

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या दिनप्रति दिन नयाँ रेकर्ड



Spread the love

३ साउन, एजेन्सी – पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढेको छ । हिजो ६ सय ८० जनाले कोरोना भाइरसका कारण ज्यान गुमाउँदा आज सो संख्या ४ ले कमि आई ६७६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट ४० हजार ४ सय ५७ जना संक्रमित हुँदा ६ सय ७६ जनाको मृत्यु भएको हो ।

अहिलेसम्म भारतमा १० लाख ४० भन्दा बढीमा कोरोना संक्रमण पुष्टि हुँदा ती मध्ये ६ लाख ५४ हजारभन्दा बढी निको भइसकेका छन् भने २६ हजार २ सय ८५ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाबाट प्रभावित देशमध्ये भारत तेश्रो स्थानमा रहेको छ । गएको २४ घण्टामा भेटिएका कोरोना संक्रमित अहिलेसम्म कै सबैभन्दा धेरै हो ।

माउण्ट बुद्ध मिडिया द्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्