Logo

संक्रमित ऐश्वर्याका आमाछोरी पनि अस्पताल भर्ना



Spread the love

कोरोना भाइरस संक्रमणपछि घरमै क्वारेन्टिनमा रहेका बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी पनि अस्पतालमा भर्ना भएका छन्।

गत आइतबार कोरोना पुष्टि भएका उनीहरूलाई शुक्रबार राति मुम्बईस्थित नानावती अस्पतालमा भर्ना गरिएको हो।

उक्त अस्पतालमा ऐश्वर्याका पति अभिषेक र ससुरा अमिताभ पनि उपचाररत छन्।

प्रतिक्रिया दिनुहोस्