Logo

विश्वभर कोरोना भाइरसबाट मर्नेहरुको संख्या ६ लाख नाघ्यो



Spread the love

एजेन्सी । जोन्स होप्किन्स यूनिभर्सिटीका अनुसार विश्वभर कोरोना भाइरसबाट मर्नेहरुको संख्या ६ लाख कटेको छ ।

यसै गरी संक्रमित हुनेहरुको संख्या १ करोड ४० लाखभन्दा धेरै रहेका छन् ।

कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित अमेरिका रहेको छ । अमेरिकामा ३६ लाख ४१ हजारभन्दा धेरै संक्रमित रहेका छन् । यसैगरी ब्राजिलमा २० लाख र भारतमा १० लाखभन्दा धेरै संक्रमित छन् ।

कोरोना भाइरसबाट मर्नेहरुको संख्या अमेरिकामा अत्याधिक रहेको छ । अमेरिकामा हालसम्म १ लाख ३९ हजार १७६ जनाले ज्यान गुमाइसकेका छन् । यसैगरी ब्राजिलमा ७७ हजार ८५१ जनाको मृत्यु भइसकेको छ ।

अमेरिका र ब्राजिलमा मर्नेहरुको संख्यामात्र दुई लाखभन्दा धेरै रहेको छ ।

यसैगरी मेक्सिकोमा ३८ हजार ३०१, बेलायतमा ४५ हजार ३१८ र इटालीमा ३५ हजार २८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्