Logo

कोरोना महामारीले देशबीचको असमानतालाई देखायो– डब्ल्यूएचओ प्रमुख



Spread the love


एजेन्सी । संयुक्त राष्ट्र संघका प्रमुख एन्टोनिओ गुटेरसले कोरोना भाइरस विरुद्ध मिलेर लड्नुपर्ने अवस्थामा विश्व असफल भएको भनी कडा आलोचना गरेका छन् ।

उनले महामारीले देशभित्र र बाहिरको असमानतलाई उजागर गरेको बताएका छन् । चीन, अमेरिका र रुसबीचको सम्बन्ध पहिला यति खराब नभएको पनि उल्लेख गरेका छन् ।

संयुक्त राष्ट्र सुरक्षा परिषदमा बोल्दै उनले भने,‘विश्वमा अव्यवस्था फैलिएको छ । विश्वका देशहरुबीच प्रतिस्पर्धा छ तर एक देशको अर्को देशप्रतिको बुझाइमा कमी आएको छ ।’

‘एकले अर्कालाई नबुझेकाले भाइरस विरुद्ध ठोस कदम चाल्न सकेनन् । विकसित देशले गरिब देशको सहयोगका लागि पर्याप्त कदम उठाएनन् ।’ गुटेरसले थपे ।

गुटेरसले सबै देश मिली भाइरस विरुद्ध लड्नुपर्ने नत्र यसको प्रतिफल डरलाग्दो हुने पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्