Logo

ईरानका राष्ट्रपति हसन रुहानीद्वारा ईरानमा २ कराेड ५० लाख संक्रमित भएकाे अनुमान



Spread the love

एजेन्सी । ईरानका राष्ट्रपति हसन रुहानीले शनिबार २ करोड ५० लाख ईरानी संक्रमित भएको र करिब ३ करोड ५० लाख संक्रमित हुनसक्ने बताएका छन् ।

रुहानीले बताएको तथ्यांक ईरानको स्वास्थ्य मन्त्रालयको नयाँ रिपोर्ट अनुसार रहेको विदेशी सञ्चारमाध्यमहरुले बताएका छन् ।

रुहानीले बताएको आंकडा आधिकारिक आंकडाको तुलनामा अत्याधिक रहेको छ ।

आधिकारिक आकंडा अनुसार ईरानमा कोरोना भाइरसबाट दुई लाख ६९ हजारभन्दा धेरै संक्रमित भएका छन् भने १३ हजार ९७९ जनाले ज्यान गुमाएका छन् । यद्यपि रुहानीले अन्तरबारेमा भने केही भनेका छैनन् ।

मध्यपूर्वको देशमा ईरान भाइरसबाट सबैभन्दा धेरै प्रभावित राष्ट्र हो ।

प्रतिक्रिया दिनुहोस्