Logo

काठमाडौँबाट अर्घाखाँची आउँदै गरेको स्कारपियो दुर्घटना ,एक जनाको ज्यान गयो



Spread the love

३ साउन, अर्घाखाँची काठमाडौ बाट अर्घाखाँचीको सन्धिखर्क आउँदै गरेको स्कारपियो दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।

जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर तीन ठाडामा बा १५ च २७०६ नम्बर स्कारपियो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले सल्लेरी खबरलाई बताए ।

मृत्यु हुने व्यक्तिको पहिचान हुन सकेको छैन । उनको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा मृत्यु भएको बताईएको छ ।

त्यस्तै गम्भिर घाइते हुनेमा काभ्रेको पांचखाल नगरपालिका वडा नम्बर १३ का वर्ष २३ का लिला तामाङ रहेका छन् । उनी सो स्कारपियोको चालक रहेका छन् ।

उनको उपचार भइरहेको अर्घाखाँची प्रहरीले जनाएको छ । ओरालोबाटोमा चिप्लिदा जिप सडक देखि ५ सय मिटर तल खसेको छ । घटनाको बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्