Logo

प्युठान ट्याक्टर दुर्घटना : ज्यान गुमाउने सातै जना रोल्पाका मजदुर



Spread the love


४ साउन, प्युठान। प्युठानको स्वर्गद्वारी नगरपालिका ३ स्थित भिंगृ–स्वर्गद्वारी सडक खण्डको रुमालेमा गए राती लु २ च ४२३४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सोही सडकमा काम गर्ने सात जना मजदुरहरूको घटनास्थलमै ज्यान गएको छ ।
ज्यान जानेहरूमा रोल्पाको रुन्टिगढी गाउँपालिका वडा नम्बर पाँचका छ जना मजदुर रहेका छन् ।

वर्ष २१ का सागर बस्नेत , वर्ष २४ का रिम बहादुर बस्नेत , वर्ष १९ का नरेन्द्र बाठा मगर, वर्ष १९ का थम्मन बाठा मगर, गोर्बधन बुढा मगर , वर्ष २५ का कबिराम बस्नेत र चालक रोल्पाकै त्रिवेणी गाउँपालिका २५ वर्षीय कमल कुवरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

ट्याक्टर घुम्तीबाट करिब ३ सय मिटर तल भिरमा खसेको बताइएको छ । दुर्घटनामा रोल्पाकै विशाल थापा भने हाम फालेर बाच्न सफल भएका छन् । राति करिब १२ बजेर ५५ मिनेटमा दुर्घटना भए पनि रातभर पानी परेकोले उद्धारमा ढिलाइ भएको र आइतबार बिहानबाट मात्रै उद्धारको काम भएको थियो ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्