Logo

साउन महिनामा ब्रत बस्नुको फाइदा यस्ता छन्



Spread the love

साउन महिना सुरु भएसंगै महिला र युवतीले भगवान शिवलाई खुशी बनाउनका लागि सोमबारको ब्रत बस्ने गर्छन् । तपाईंले आस्थाका लागि बस्नुभएको ब्रतले शरीरमा विभिन्न फाइदा पुर्याउँछ। ती फाइदाहरु यसप्रकारका छन् :
शरीरलाई विभिन्न लाभः
ब्रत राख्दा वा खाना खाने प्रक्रिया बीच लामो अन्तराल राख्दा शरीरलाई विभिन्न फाइदा पुग्छ । जो व्यक्ति नियमित रुपमा खाना खान्छन् उनीहरुको चालढाल सुस्त हुन्छ तर जो व्यक्ति उपवास बस्छन् उनीहरुको बुढेसकालमा पनि शरीर अत्यधिक फुर्तिलो हुन्छ ।
सात्विक भोजनले क्यान्सरको आशंका कमः
आजकाल क्यान्सरको मामला पनि तीब्र रुपमा बढिरहेको छ । यस्तोमा उपवास बसेको दिन सात्विक भोजन गर्नुहोस् । ब्रत बस्दा जीवन लामो हुनसक्छ किनभने मधुमेह र क्यान्सरजस्ता रोगको खतरा पनि कम हुन्छ ।
तौल कम हुनेः
केही समयका लागि ब्रत बस्दा शरीरमा मेटाबोलिजम तीब्र रुपमा बढ्छ जसले तौल घटाउन मद्दत मिल्छ ।
शरीरको शुद्धिकरणः ब्रत राख्दा शरीर शुद्ध हुन्छ । शरीरबाट विषालु तत्व बाहिर निस्कन्छन् । ब्रत बस्दा तपाईं फलफूल र सागसब्जीको सेवन गर्नुहुन्छ । यसले पाचन बलियो हुन्छ । यसले ग्यासको समस्या पनि भाग्छ । ब्रत बस्दा हाम्रो शरीर हल्का महसुस हुन्छ । हल्का शरीरले मन पनि हल्का हुन्छ र दिमागले राम्रोसँग काम गर्छ ।

प्रतिक्रिया दिनुहोस्