Logo

ओखलढुंगाका ७२ वर्षीय क्यान्सर रोगीले जिते कोरोना भाइरसलाई



Spread the love

५ साउन, ओखलढुंगा ।ओखलढुंगाका एक जना ७२ वर्षीय क्यान्सररोगीले कोरोनालाई जितेका छन् ।

अस्पतालले क्यान्सर निको नहुने भन्दै उनलाई घर पठाएको थियो । घर फर्किएपछि उनमा कोरोना पुष्टि भएको हो ।

उनलाई घरमै राखेर परिवारका सदस्यहरुले हेरचाह गर्दै आएका थिए ।

१४ दिनपछि गरिएको पीसीआर परीक्षणमा उनको कोरोना नेगेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्