Logo

मासिक २५ हजार कमाउने पदम भन्छन्, ‘आफ्नै गाँउ ठाँउमा सीप सिके भोकले मरिँदैन’



Spread the love

६ साउन, गुल्मी – गुल्मीको इस्मा गाँउपालिका वडा नम्बर ६ का पदम मुखीया अहिले २३ वर्षका भए । जातले उनि कुमाल , उनिहरुको मुख्य पेशा नै माटोका भाडा बनाउने हो । बाउबाजेको पालादेखि नै गरिँदै आएको माटोका भाडा बनाउने पेशा पछिल्लो समय लोप हुदै जान थालेको छ । कारण के त ? गाँउमा सबै युवा पदम जस्ता छैनन् ।

उनका बाल्यकालका साथीहरु मध्ये केहीले यहिँ टाक्टर चलाउछन् । अरु सबै भारत लगायत खाडीमुलकमा श्रम बेचीरहेका छन् । भारत तथा खाडीमुलकमा भएका उनका साथीहरुको अहिले निकै बिचल्ली छ । कोही साथी नेपाल आएर क्वारेन्टाइनमा बसेका छन् भने कोही सीमापारिबाट नेपाल कहिले प्रवेश गर्ने पाईन्छ भन्ने आशामा छन् । खाडीमुलुकमा भएका साथी नेपाल आउन पाइने होकी होइन भन्ने समेतको द्विविधामा छन् ।

कोरोना भाइरसका कारण अहिले विश्व विषम परिस्थितिमा गुज्रिरहेको छ । नेपाल पनि कोरोना भाइरसको चरम चपेटामा परेको छ । अघिकांश मजदुरहरू काम विहिन बनेका छन् । रोजगारी गुमाएर राहतको आशमा मजदुरका दिन बितिरहेका छन् । तर पदमलाई भने भ्याई नभ्याई छ । उनि बिहानै सात बजे देखि राती ६ बजेसम्म सेरामिक्स अर्थात माटाका भाडा बनाउने ठाँउमा समय बिताउँछन् ।

उनले स्थानीय रातोमाटोबाट बन्ने गमला,हाडी,सुल्फा, सजवटाका सामन, करुवा लगायत साम्रगी बनाउँछन् ।

तीन रुपैयाको सुल्फादेखि उनले ब्रिकी वितरण गर्ने गर्दछन् । भने मासिक २५ हजार भन्दा बढी कमाउछन् । वि.सं. २०७१ सालमा माटाका भाडा बनाउने तालिम लिएका पदमले यहिँ पेसालाइ निरन्तरता दिए । इस्मा गाँउपालिका तथा जिल्ला घरेलु उद्योग गुल्मीबाट ठुलो सहयोग पाएको उनि बताउँछन् । माटाका भाडा प्रदर्शनका लागि उनले देशका विभिन्न जिल्लाहरु चाहरेका छन् भने २०० जना भन्दा बढीलाई सेरामिक्सको तालिम समेत दिएका छन् ।

स्थानीय स्रोत साधनको परिचालन हुने गरि सिप सिके जस्तो सुकै परिस्थितिमा पनि भोकै मर्नु पर्दैन भन्ने उदाहरण पदमले दिएका छन् भने आफ्नै गाँउ ठाँउमा केही गर भनेर कोरोना भाइसरले सिकाएको उनी बताउँछन् ।

पदमले बनाउने माटाका भाडा गाँउठाँउमा सदावहार प्रयोग हुन्छन् । माटो पनि स्थानीय स्तरमै सदावहार उपलब्ध हुने गर्दछ ।

धेरै पैसा कमाउने लोभमा तथा आफ्नै गाँउठाँउमा केही गर्न लजाउनेहरुलाई कोरोना भाइरसले राम्रो शिक्षा दिएको छ । पदम मुखियाले स्वदेशमै केहि गर्नुपर्छ भन्ने प्रेरणा दिएका छन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्