Logo

झापामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु



Spread the love
फाइल तस्बिर

७ असार, काठमाडौं। झापामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ। मंगलबार राती बुद्धशान्ति गाउँपालिका–७, मोतीडाँडामा पहिरोले घर पुरिँदा मेचीनगर–९ का १५ वर्षीय विवेक दर्नालको मृत्यु भएको हो।

पहिरोले बराइलीको घर भत्किँदा ७७ वर्षीया तीलमाया बराइली, २१ वर्षीया कल्पना बराइली, १९ वर्षीया पृष्टिना बराइली घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्