Logo

तीन दिन देखी बेपत्ता गुल्मीका एक किशोर गम्भीर घाइते अबस्थामामा फेला, घटना रहस्यमय !



Spread the love

७ साउन गुल्मी । तीन देखी बेपत्ता भएका गुल्मीका एक किशोर गम्भीर घाइते अबस्थामा फेला परेका छन । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर तीन हाडहाडेका १९ वर्षिय किशोर आबिस्कार श्रीस मगर गम्भीर घाइते अबस्थामा फेला परेका हुन ।

सोहि गाउँपालिकाको वडा नम्बर छ चौर भन्ने स्थानमा फेला परेको र उनको टाउकोमा गम्भीर चोट लागेको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले सल्लेरी खबरलाई बताए । तीन दिन अघि गाउँपालिकाको कार्यालय बर्बोटमा देखिएका उनि त्यस दिन देखी बेपत्ता भएका थिए । यता वडा नम्बर छ का वडा अध्यक्ष विष्णु बहादुर श्रीसले पनि घटना रहस्यमय र शंकास्पद भएको बताएका छन ।

उनि बाटो बाट १०/१२ मिटर तल खसे पनि टाउकोमा गम्भीर चोट लागेको र यहाँ सम्म कसरी आए भन्ने कुरा शङकासपद रहेको बताए । उनको उपचारको लागी सदरमुकाम तम्घास ल्याईदै छ भने घटना बारे प्रहरी अनुसन्धान थालेको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्