Logo

यस्ता छन् केराको बोक्रा खानुका फाइदै फाइदाहरु



Spread the love

केराले स्वास्थ्यलाई जति फाइदा पुर्याउँछ, त्यो सायद अरु फलले पुर्याउन सक्दैन । केराको गुदीमात्रै होइन, यसको बोक्रा पनि खान मिल्छ र यो स्वस्थकर समेत छ ।

केराको बोक्रामा भिटामिन र मिनरल्स लगभग त्यति नै पाइन्छ जति केराको गुदीमा पाइन्छ ।केराको बोक्रामा एमिनो एसिड, पोटासियम, पोलिअनस्याचुरेटेड फ्याट र डायटरी फाइबर हुन्छ । यी सबै स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ ।

केराको बोक्रामा एन्टिअक्सिडेन्ट हुन्छ जसले छालाको कोषलाई नष्ट हुनबाट जोगाउँछ । हरियो र नपाकेको केराको बोक्रामा पाकेको र पहेँलो केराको बोक्राभन्दा धेरै एन्टिअक्सिडेन्ट हुन्छ । केराको बोक्राको सेवन गर्दा क्यान्सर, मधुमेह र मुटुरोगजस्ता रोगबाट जोगाउँछ । तर, यसका लागि अर्गानिक केराको प्रयोग गर्नुपर्छ ।  

प्रतिक्रिया दिनुहोस्