Logo

कोरोना भाइरसबाट वीरगञ्जमा १७ वर्षिया युवतीको मृत्यु



Spread the love

९ साउन, वीरगञ्ज – वीरगञ्जमा कोरोना भाइरसको संक्रमणबाट १७ वर्षिया युवतीको मृत्यु भएको छ ।

बिहीबार गण्डक कोभिड अस्थायी अस्पतालमा भर्ना गरिएकोमा शुक्रबार अपरान्ह उनको निधन भएको हो ।

आरडिटी पोजेटिभ देखिएपछि कोरोनाको आशंकामा उपचार शुरु गरिएको उनमा पीसीआर परीक्षण गर्दा पनि कोरोना पोजेटिभ आएको छ ।

शुक्रबार बिहान पनि वीरगञ्जमै कोरोना भाइरसबाट एक जना वृद्धाको मृत्यु भएको थियो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्