Logo

समानुपातिकबाट ८० प्रतिशत महिलालाई सांसद बनाउनुपर्ने



Spread the love

प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षबाट थोरै मात्र महिला निर्वाचित भएकाले दलहरूले समानुपातिकबाट धेरै महिला (करिब ८० प्रतिशत) लाई सांसद बनाउनुपर्ने भएको छ । संवैधानिक व्यवस्थाअनुसार संसद्मा ३३ प्रतिशत महिला सदस्य अनिवार्य छ ।

दलहरूले प्रत्यक्षमा उम्मेदवार बनाउँदा नै थोरै मात्र महिलालाई समेटेका थिए भने विजयी भएर आउने महिला सांसदको संख्या त झनै न्यून छ ।

सोमबार साँझसम्मको नतिजाअनुसार प्रतिनिधिसभामा ५ जना मात्र महिला निर्वाचित भएका छन् ।

प्यूठानबाट राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल, कञ्चनपुर–१ बाट माओवादी केन्द्रकी बिना मगर, ललितपुर–३ बाट माओवादीकै पम्फा भुसाल, झापा–३ बाट एमालेकी पवित्रा निरौला खरेल र रुकुमपूर्व १ बाट माओवादी केन्द्रकी कमला रोका विजयी भएका छन् ।

मतगणना जारी रहेका क्षेत्रमध्ये सुनसरी–३ मा एमालेकी भगवती चौधरी कांग्रेसका विजय गच्छदारसँग प्रतिस्पर्धामा छिन् भने स्याङ्जा–२ मा एमालेकी पद्मा अर्याल कांग्रेसका गोपालमान श्रेष्ठसँग प्रतिस्पर्धामा छिन् ।

प्रत्यक्षबाट सोमबारसम्म ५ जना मात्रै महिला निर्वाचित भएका छन् । संघीय संसद्मा कम्तीमा ३३ प्रतिशत महिला पुर्‍याउनैपर्ने भएकाले समानुपातिकबाट यति धेरै चुन्नुपर्ने भएको  खबर आजको कान्तिपुरमा छापिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्