Logo

अत्याधिक तनावका कारण शरीरमा देखा पर्दछ यस्ता समस्याहरू



Spread the love

अत्याधिक तनावका कारण लगातार टाउको दुख्ने, अनिद्राको हुने, र पाचनप्रक्रियामा समस्या हुने गर्छ । तनावका कारण शरीरमा यस्ता समस्याहरू निम्तन्छ:
आन्द्रामा समस्या
आन्द्रामा समस्या हुँदा कब्जियत र झाडापखालाको समस्या पनि हुनसक्छ । आन्द्रामा समस्या हुँदा पेट सुनिने समस्या हुनसक्छ । ९४ प्रतिशत ब्रिटिश डाक्टरहरु तनावका कारण आन्द्रामा समस्या हुने मान्छन् ।
अत्याधिक पसिनाको समस्या
तनावमा हुँदाखेरि शरीरमा अत्याधिक पसिना आउने स्वभाबिक नै हाे। तनावका कारण पैदा हुने पसिना अलग किसिमको हुने गर्छ । तनावमा भएका बेला हाम्रो पसिना ग्रन्थीहरु बढी सक्रिय हुने हुदाँ शरीरमा पसिनाको समस्या हुने गर्छ ।
दाँतमा समस्या
अत्याधिक तनाव लिँदा दाँतको समस्या हुने गर्छ । तनावमा हुँदा टाउको दुख्ने गर्छ । टाउको र दाँत एक आपसमा सम्बन्धित हुन्छन् । तनावका कारण अनिद्रा, कान दुख्ने र बङगाराको मांसपेशीमा समस्या हुने आउने गर्छ ।
कपाल झर्ने समस्या
अत्याधिक तनावमा हुँदा टाउकोको कपाल समेत झर्ने गर्दछ । अनावश्यक तनाव लिँदा कपाल उम्रने छालाको प्वाल पसिना निस्केर चिसोका कारण बन्द हुने समस्या अाँउदा कपाल झर्ने समस्या हुन्छ ।
निद्रा नलाग्ने समस्या
समस्याकै बारेमा चाहिनेभन्दा बढी एकोहोरिएर सोचिरहँदा निद्रा नलाग्ने समस्या हुन्छ । तनावका कारण शरीरमा रहेको हाइपरोसल हर्मोन कम हुने गर्छ जसले निद्रा नलाग्ने समस्या बढी हुनेगर्छ ।
थकान महशुस हुनु
अत्याधिक तनावबाट शरीरमा चाँडै थकान महशुस हुने गर्छ । प्रायजसो मान्छे रोजगारी र आर्थिक समस्या कारण तनावमा हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस्