Logo

कोरोनाका कारण विदेशमा ज्यान गुमाउने नेपालीको संख्या १६१



Spread the love

११ साउन, काठमाडौँ। कोरोनाका कारण विदेशमा ज्यान गुमाउने नेपालीको संख्या १ सय ६१ पुगेकाे छ। गत साता बेलायतमा थप एक जनाकाे मृत्यु भएसँगै विदेशमा ज्यान गुमाउनेकाे संख्या १६१ पुगेकाे गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिकाले जानकारी दिएकाे छ ।

३६ मुलुकमा रहेका ३१ हजार १ सय ५० कुल संक्रमितमध्ये २९ हजार २ सय ४३ जना नेपालीहरु संक्रमणमुक्त भएका छन् भने यूएई, कतार, कुवेत र साउदी अरबमा रहेका नेपालीमा पनि यो साता काेराेना संक्रमण बढेको छ ।

प्रतिक्रिया दिनुहोस्