Logo

न्यायाधीशमा पनि कोरोना संक्रमण देखिएपछि



Spread the love

११ साउन, सप्तरी – नेपालमा एक जना न्यायाधीशमा समेत कोरोना पुष्टि भएको छ । आइतबार सप्तरीमा एक जना न्यायाधीशमा समेत कोरोना संक्रमण पुष्टि भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले दिएको जानकारी अनुसार उच्च अदालत जनकपुरधामको राजविराज इजलासमा कार्यरत ५८ वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको हो ।

तीन दिन अगाडि उच्च सरकारी वकील कार्यालयका प्रमुखमा पनि कोरोना संक्रमणको पुष्टि भएको थियो ।

आइतबार सप्तरीमा एक न्यायाधीश र प्रहरीसहित जम्मा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्