Logo

‘झोले प्रशासक मुर्दावाद, छोरीबुहारी भर्ती बन्द गर’ भन्दै काङ्ग्रेसले नगरपालिका घेर्यो



Spread the love

११ साउन, गुल्मी – नेपाल सरकार र स्विस सरकारको संयुक्त सहयोगमा सञ्चालित सुरक्षित आप्रावसन परियोजना (सामी) मा स्थानीय तहले मनपरि गरेको भन्दै नेपाली काङ्ग्रेस गुल्मीले विरोध प्रर्दशन गर्दै नगरपालिका घेराउ गरेको छ । परियोजनाको लागि कर्मचारी छनोट गर्दा मनपरि गरेको र पर्याप्त मात्रामा विज्ञापन नगरेको काङ्ग्रेसले आरोप समेत लगाएको छ ।

गत वर्षको साउन महिनादेखि सुरु हुनु पर्ने योजना नातावाद र कृपावादमा अल्झिँदा अहिलेसम्म सञ्चालनमा आउन नसके काङ्ग्रेसको आरोप छ ।

परियोजना सञ्चालनमा गम्भीर लाहपरबाही र मनपरी गरेको बताउँदै आइतबार नेपाली काङ्ग्रेसले रेसुङ्गा नगरपालिका सात घण्टा घेराउ गरेको हो । झोले प्रशासक मुर्दावाद, छोरिबुहारी भर्ती केन्द्र बन्द गर , सुचनाको हक कायम गर भन्दै काङ्ग्रेसले नाराबाजी समेत गरेको छ भने काङ्ग्रेसको विरोध प्रदर्शनका कारण आइतबार तय गरिएको परियोजनाको परिक्षा समेत रद्ध भएको छ ।

आइतबार परिजनाका विभिन्न २८ पदको लागि ३८ जनाले परिक्षा दिने तयारी रहेको मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज भण्डारीले बताए ।

परियोजनाले वैदेशिक रोजगारमा जान लागेका नागरिक , वैदेशिक रोजगारबाट फर्किएका नागरिकलाई परामर्श, वैदेशिक रोजगारका कारण समस्यामा परेका नागरिकलाई उचित परामर्श दिने र समस्या सहजीकरणमा पहल गर्ने जस्ता काम गर्ने भण्डारीले उल्लेख गरे ।

उक्त परियोजना जिल्लाका चार स्थानीय तह रेसुङ्गा नगरपालिका , मुसिकोट नगरपालिका , इस्मा गाउँपालिका र छत्रकोट गाउँपालिकामा संचालन हुने बताईएको छ ।

निर्णय उल्टाउन काङ्ग्रेसलाई मेयरको चुनौती !

रेसुङ्गा नगरपालिकाका मेयर तथा यस परियोजनाका व्यवस्थापक समेत रहेका डिल्ली राज भुसालले काङ्ग्रेसलाई कडा चुनौती दिएका छन् । नाराबाजी गरेका काङ्ग्रेसलाई आँफुले गलत गरेको भए प्रशासन तथा अदालत जान उनले सुझाव समेत दिएका छन् ।

आँफुहरुले सबै प्रक्रिया कानुनी तवरले गरेको उनको तर्क छ । नगरपालिकाकै जनप्रतिनिधिले घेरेका छन् नी भन्ने प्रश्नमा उनले भने ” उहाँहरुले आफ्नै घरमा ताला लगाउनु भएको छ ।” तपाईंले सहजीकरण गर्न पर्दैन भन्ने प्रश्नको जवाफमा उनले भने “यो नगरपालिकाको कार्यक्रम होइन त्यसकारण उहाँहरुको आवश्यक छैन “

यता काङ्ग्रेसले भने माग सुनुवाई नभएसम्म आन्दोलन र विरोध जारी राख्ने बताएको छ । नेपाली काङ्ग्रेसका उपसभापति विष्णु बलालले सल्लेरी खबरलाई भने, “नगरपालिकाले नातावाद र कृपावाद देखाएको छ । विज्ञापन लुकाएको र आफ्ना मान्छेलाई मात्रै छनोट गर्न खोजेको छ ।” साथै काङ्ग्रेसबाट निर्वाचित वडा कार्यालयमा सो सुचना नपुगेको उनको भनाई छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्