Logo

जेठ यता प्रदेश पाँचमा बाढी पहिरोका कारण ३७ जनाले ज्यान गुमाए, ३ दर्जन घाईते, दुई बेपत्ता



Spread the love

१२ साउन, गुल्मी – प्रदेश पाँचले जेठ यता प्राकृतिक विपत्तिका कारण ठुलो क्षती व्यहोर्नु परेको छ । यो समाचार तयार पार्दासम्म प्रदेश पाँचमा बाढी पहोरो तथा अविरल वर्षाका कारण ३७ जनाले ज्यान गुमाएका छन् । त्यस्तै ३६ जना घाईते हुँदा दुई जना बेपत्ता भएको प्रदेश प्रहरी कार्यालय तुल्सिपुर दाङले जानकारी दिएको छ ।

कुन जिल्लामा कतिले ज्यान गुमाए ?

प्रदेश प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार सबै भन्दा धेरै गुल्मी र पाल्पाका नागरिकले ज्यान गुमाएका छन् । गुल्मीमा छ जनाले ज्यान गुमाएका छन् भने ११ जना घाइते भएका छन् । त्यस्तै पाल्पामा पनि छ जनाले ज्यान गुमाउँदा दुई जना घाईते भएका छन् ।

यता रुपन्देहीमा पाँच जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । बाँकेमा दुई जनाको मृत्यु तथा चार जना घाइते भएका छन् । प्युठानमा तीन जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

रोल्पामा तीन जनाको मृत्यु भएको छ हुँदा दुई जना घाइते भएका छन् । अर्घाखाँचीमा दुई जनाको मृत्यु भएको छ । कपिलवस्तु र रुकुम पुर्वमा अहिले सम्म एकजनाको पनि ज्यान गएको छैन भने एक एक जना घाइते भएका छन् ।

नवलपरासी पश्चिममा तीन जनाको ज्यान गएको छ । दाङमा पाँच जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । बर्दियामा दुई जनाको मृत्यु हुँदा दुई जना घाइते भएको प्रदेश पाँच प्रहरीले जनाएको छ । त्यस्तै दुइ जना बेपत्ता भएका छन् ।

बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिकाका अन्दाजी वर्ष २५ का जित बहादुर थारु बबई खोलामा दाउरा लिन जाँदा बेपत्ता बनेका छन् भने पहाडी जिल्ला गुल्मीमा पनि एक जना बेपत्ता भएका छन् ।

जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर दुईका ५५ वर्षीय भागिरथ घिमिरे पहिरोमा परेर बेपत्ता भएको प्रहरीले उल्लेख गरेको छ । उनिहरु दुबै जनाको खोजी कार्य जारी रहेको बताइएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्