Logo

१५ प्रतिशत कोरोना सङ्क्रमितमा लक्षण देखिन थाल्यो



Spread the love

१३ साउन, सप्तरी – सप्तरीमा कोभिड–१९ को लक्षण देखिएका सङ्क्रमित भेटिन थालेका छन् । यसअघि लक्षण नभएका सङ्क्रमितहरु हुने गरेकामा अहिले आउने सङ्क्रमितमा कोभिड–१९ को लक्षण देखिन थालेको चिकित्सकहरुले बताएका छन् ।

पछिल्लोपटक आउने सङ्क्रमितमध्ये १५ प्रतिशतमा लक्षण देखिने गरेको गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रणजीतकुमार झाले बताए । कतिपय सङ्क्रमितमा रुखाखोकी, श्वासप्रश्वासमा समस्या देखिने गरेको उनले जानकारी दिए ।

कोरोनाको अवस्था तथा नियन्त्रणका लागि भइरहेका प्रयासका विषयमा जानकारी लिन सोमबार सप्तरी गएका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई सप्तरीको अवस्थाका बारेमा जानकारी दिँदै डा झाले भने, “सङ्क्रमितमा लक्षण देखिन थालेपछि जनशक्ति व्यवस्थापन झन जटिल भएको छ ।” पहिला सम्पर्कमा जानु नपर्ने अवस्था रहेकोमा पछिल्लो समय स्वास्थ्यकर्मीले सङ्क्रमितहरुको परीक्षणलगायतका काम गर्नुपरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्