Logo

पाल्पामा भेलले बगाउँदा एक युवकको ज्यान गयो



Spread the love

१३ साउन, पाल्पा। पाल्पामा भेलले बगाउँदा एक युवकको ज्यान गएको छ । जिल्लाको रम्भा गाउँपालिका वडा नम्बर एकका ३० वर्षीय दिनेश अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गएराती करिब १ बजे तिर खेतमा पसेको भेल तर्काउन गएका दिनेशको भेलले बगाएर मृत्यु भएको हो ।

उनको शव टाउको मात्र देखिएको अवस्थामा भेटिएको थियो । मृतकका दाइ भने सकुशल रहेका छन् । आफ्नै खेतमा जाँदा ढुङ्गा माटो सहित पहिरोको भलले बगाई करिब १० मिटर तल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्