Logo

परिवारसँग खाना खानुका फाइदाहरू यस्ता छन्



Spread the love

व्यस्त शहरिया जीवनशैलीमा रहेका कतिपय व्यक्तिहरूले भने परिवारका साथ खाना खान पाउँदैनन्। तर, परिवार एवं बच्चाका लागि सँगै खाना खानु निक्कै आवश्यक हुन्छ । परिवारसँग खाना खानुका फाइदाहरू यस्ता छन्:
गम्भीर मानसिक समस्याबाट ​बचाउँछ
हरेक दिन परिवारसँग खाना खाँदा खानपिनसँग जोडिएका समस्या मदिरा र अन्य पेय पदार्थको लतबाट बचाउन सक्छ।
खाना खाने बानीको विकास हुन्छ
परिवारसँग खाना खाँदा बालबालिकामा खाना खाने बानीको विकास हुन्छ। परिवारका सबै सदस्य सँगै बसेर खाना खाँदा फलफूल र तरकारी खाने सम्भावना बढ्दै जान्छ।
मोटाेपनबाट जाेगाउँछ
परिवारसँग खाना खाँदा बच्चा र किशोर किशोरीमा मोटोपन तथा अधिक तौल जस्ता समस्या कम हुन्छन्।
बच्‍चामा आत्‍मसम्‍मान बढछ
परिवारसँग खाना खाँदा बच्‍चामा आत्मविश्वास बढाउन सहयोग पुग्छ। खाना खाँदा बच्चासँग उनको दिनचर्याका बारेमा सोध्नुस्। अनि बच्चाका कुरा पनि सुन्नुस्।

प्रतिक्रिया दिनुहोस्