Logo

ट्राभल्स हिस्ट्री नभएका १० जना स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण



Spread the love

१३ साउन,  विराटनगर। मङ्गलबार विराटनगरका दुई अस्पतालका १० जना स्वास्थ्यकर्मी तथा कर्मचारीमा काेराेना सङ्क्रमण पुष्टि भएको छ । विराटनगरमा १८ जनामा मङ्गलबार सङ्क्रमण पुष्टि भएको विराटनगर महानरपालिका जनस्वास्थ्य महाशाखाले जनाएको छ ।

सङ्क्रमितमध्ये एकजना चिकित्सकसहित सातजना कोशी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी हुन् । यसैगरी, विराट नर्सिङ होम (विराटनगर अस्पताल) का तीनजनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ।

विराटनगमा एक हप्ता अगाडी संक्रमित चिकित्सक एवं सञ्चालकको ट्राभल हिस्ट्री अझैसम्म पत्ता लागेको छैन । उनकै सम्पर्कको आधारबाट १४ जनामा भने संक्रमण पुष्टि भएसकेको छ ।

प्रतिक्रिया दिनुहोस्