
१३ साउन, एजेन्सी – रियल मड्रिडका स्ट्राइकर मारियानो डियाजमा कोरोना संक्रमणको पुष्टि भएको छ । कोरोना पुष्टि भएसँगै उनी होम क्वारेन्टाइनमा बसेको समेत एजेन्सीहरूले जानकारी दिएका छन् ।
मंगलबार भएको प्रशिक्षणमा डियाज सहभागि नभएको र अरू खेलाडीमा कोरोना नसरेको अनुमान क्लबले लगाएको छ ।
स्पेनिस ला लिगाको समाप्तिपछि सबै खेलाडीहरूले परिवारका साथ एक हप्ताको बिदा मनाएका थिए ।
सामुहिक प्रशिक्षण सुरू हुनुपूर्व गरिएको परीक्षणमा रियल मड्रिडबाट उनमा मात्र कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रतिक्रिया दिनुहोस्