Logo

हिन्दू किशोरीको अपहरणविरुद्ध मुस्लिम समुदायको समर्थन



Spread the love

१३ साउन, एजेन्सी – लिब्रल मुस्लिम समुदायले पाकिस्तानमा हिन्दू किशोरीको अपहरणविरुद्ध समर्थन जनाएका छन् । हिन्दू किशोरीको अपहरण गरी धर्म परिवर्तन गराएर जबरजस्ती विवाह गराएको विषयमा लिब्रल मुस्लिम समुदायले पनि साथ दिएका हुन् ।

किशोरीको अपहरण गरी धर्म परिवर्तन गराएर विवाह गराइएको भन्दै जोकोबाबादमा जय सिन्ध महज (जेसीएम) ले सिन्ध प्रान्तको जोकोबाबादमा प्रदर्शन समेत गरेका छन् ।

ती युवतीलाई धर्म परिवर्तन गराएर चार सन्तानका बाबुसँग विवाह गराइएको बताइएको छ ।

युवतीको विषयमा चाँडो सुनुवाई गर्नुपर्ने भन्दै हिन्दू समुदायले लगातार अदालतबाहिर गरेको प्रदर्शनमा मुस्लिम समुदायले पनि समर्थन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्