Logo

जंगली च्याउले लियो एकै परिवारका ४ जनाको ज्यान



Spread the love

१३ साउन, जाजरकोट – जाजरकोटमा विषालु च्याउ खाँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ । जाजरकोटको कुशे गाउँपालिका–१ स्याँक्रीका एकै घरका ४ जनाको मृत्य भएको हो ।

उक्त परिवारका एक बालकको सोमबार घरमै मृत्यु भएको थियो भने बिरामी परेका सात जनालाई उपचारका लागि सेनाको हेलिकप्टरमार्फत सुर्खेत ल्याइएको थियो ।

अस्पताल ल्याइएका सात जनामध्ये ३ जनाको मंगलबार मृत्यु भएको हो । साउन ९ गते जंगलबाट ल्याएको च्याउँ खाँदा ८ जना गम्भीर घाइते भएका थिए ।

प्रदेश अस्पतालका मेडिकल विभाग प्रमुख डाक्टर केएन पौडेलले दिएको जानकारी टेकबहादुरकी १६ वर्षीया छोरी औसरा, १३ वर्षीया छोरी धनसरा र ११ वर्षीया नातिनी निरुताको उपचारको क्रममा मृत्यु भएको हो ।

टेकबहादुरकी ३ वर्षीया छोरी अञ्जनाको गाउँँमै मृत्यु भएको बताइएको छ।

बिरामीमध्ये एकजनाको अवस्था अझै गम्भीर रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्