Logo

विमलेन्द्र निधिको नेतृत्वमा कांग्रेस सरकारमा जाने



Spread the love

Bimalendra-nidhi

नेपाली कांग्रेस  विमलेन्द्र निधिको नेतृत्वमा सरकारमा जाने भएको छ। निधिले उपप्रधानमन्त्री सहित गृह मन्त्रालय लिने सम्भावना छ ।
नेपाली कांग्रेसले प्रचण्ड नेतृत्वको सरकारमा अहिले तीन जनालाई मन्त्रीमा पठाउने भएको छ।
तेसै गरी आजै अर्जुननरसिंह केसी र रमेश लेखक पनि मन्त्री हुदैछन्।
अर्जुननरसिंह केसीले आफ्नो नेतृत्वमा सरकारमा जानु पर्ने दाबी गर्दै आएपनि आज विहान पार्टी सभापति देउवालाई भेटेपछि उनी नेतृत्व दावी छाड्न तयार भएका हुन्।
शेखर कोइरालालाई परराष्ट्रमन्त्रीमा पठाउने लगभग पक्का भए पनि पहिलो चरणमा नपठाईने भएको छ।

प्रतिक्रिया दिनुहोस्