Logo

कालीकोटमा पहिरोले घर पुरिँदा ९ जनाको मृत्यु, २ जना घाइते



Spread the love
फाइल तस्बिर

१४ साउन, काठमाडौँ । कालीकोटको नरहरिनाथ गाउँपालिकामा पहिरोले घर पुरिँदा ९ जनाको मृत्यु भएको छ। नरहरिनाथ गाउँपालिका– ७ भाटगाउँको बाकाँमा पहिरो जाँदा एकैघरका सातजनाको मृत्यु भएको छ भने गाउँपालिको ४ नं. वडा माझगोठीमा दुईजनाको मृत्यु भएको छ ।

नरहरिनाथ गाउँपालिका– ७ बाँगाका गंगे बुढाको घर पहिरोले पुर्दा सातजनाको मृत्यु भएको भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार पहिरोले घर पुर्दा ६५ वर्षीय गंगे बुढा, उनकी श्रीमती ६१ वर्षीया नैना बुढा, २४ वर्षीया बुहारी कुशा बुढा, १० वर्षीया नातिनी चन्द्रिका बुढा, सात वर्षीय नाति राम बुढा, डेढ वर्षीय नाति चरित्र बुढाको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्