
१४ साउन, एजेन्सी – भारत सरकारले आफ्नो रिहाइको लागि गरेको पहल गरेकोमा धन्यवाद दिँदै निदान सिंहले भारतको प्रशंसा गरेका छन् ।
एक महिनाअघि अपहरणमा परेका अफगानी शिख निदान सिंह सचदेवाले भारत सरकारलाई धन्यवाद दिँदै “हिन्दुस्तान भनेको हिन्दुस्तान नै हो” भन्ने अभिव्यक्ति दिएका हुन् ।
गत महिना पक्तिया प्रान्तको गुरुद्वाराबाट निदानसिहं सहितका शिखहरु अपहरणमा परेका थिए । उनीहरु अहिले नयाँ दिल्लीमा छन् । भारतीय समाचार एजेन्सी एएनआईका अनुसार भावुक बनेका निदान सिहंले भने, मलाई थाहा छैन हिन्दुस्तानलाई के भन्छन् । यो मेरो माता अथवा पिता जे भने पनि हिन्दुस्तान भनेको हिन्दुस्तान नै हो ।
प्रतिक्रिया दिनुहोस्