Logo

खीरले मानिसमा रोगसँग लड्ने क्षमता बढाउँछ – स्वास्थ्य विद्



Spread the love

१५ साउन, काठमाडौँ। साउन १५ मा खीर खाने चलनको विशेष सांस्कृतिक महत्त्व छ । साउन १५ बालबालिकादेखि वृद्धवृद्धासम्मको अति प्रिय भोजन खीर खाएर मनाइँदै छ ।

खीरले मानिसमा रोगसँग लड्ने क्षमता बढाउने हुँदा कोरोना भाइरसविरुद्ध शरीरलाई तन्दुरुस्त राख्न खीर उपयोगी हुन्छ ।

खीरमा ल्वाङ, घ्यू, काजु, नरिवलका टुक्रा, दालचिनी, मरिच, केसर, दाख राख्ने गरिन्छ । ती सबै वस्तुमा औषधीय गुुण छ र स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । खीरमा प्रयोग हुने वस्तुहरूमा रोगसँग लड्ने औषधीय गुण हुन्छ ।

वर्षाको समय तथा गर्मी महिना भएकाले शरीरमा दाद, खटिरा र लुतोजस्ता रोगले आक्रमण गर्ने हुनाले रोग प्रतिरोधात्मक शक्ति बढाउनुपर्ने हुन्छ र त्यसका लागि खीर उत्तम भोजन रहेकाे स्वास्थ्य विद्हरू बताउँछन्।

प्रतिक्रिया दिनुहोस्