Logo

अंकिताको बयान – रियासँगको सम्बन्धका कारण तनावमा थिए सुशान्त



Spread the love

एजेन्सी। सुशान्त सिंह राजपुतकी पूर्व प्रेमिका अंकिता लोखंडेले प्रहरीसामु आफ्नो बयान दिएकी छन्। अंकिताले बिहार प्रहरीलाई दिएको बयान अनुसार त्यतिबेला यी दुईले च्याटमा धेरैबेर कुरा गरेका थिए । अंकिताले आफ्नो मुभि प्रोमोशनको क्रममा सुशान्त सिंहले उनलाई शुभकामना दिन मेसेज गरेकाे बताए।

अंकितालाई उद्धृत गर्दै बिहार पुलिसले भनेको छ, ‘त्यतिबेला सुशान्तले निकै भावुक भएर उनी रियासँगको आफ्नो सम्बन्धका कारण निकै तनावमा परेको रियाले असाध्यै तनाव दिएका कारण आफूले सम्बन्ध समाप्त गर्न चाहेको अंकितालाई बताएका थिए ।’

अब बिहार प्रहरीले आफ्नो छानबिन सुरु गरेर प्रमाण जम्मा गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्