Logo

राष्ट्रिय क्रिकेट टाेलीका खेलाडीको पिसिआर टेस्ट गरिने



Spread the love

१५ साउन, काठमाडाैँ। राष्ट्रिय क्रिकेट टाेलीकाे तयारी सुरु गर्नुअघि खेलाडीको कोरोनाभाइरसको पिसिआर टेस्ट गरिने भएको छ। प्रशिक्षण सुरु गर्नुअघि खेलाडीको कोरोनाभाइरसको पिसिआर टेस्ट गर्नै पर्ने नियम छ। क्यानले भदौ पहिलो सातादेखि खेलाडीलाई प्रशिक्षणमा बोलाउने तयारी रहेको र त्यसअघि पिसिआर परिक्षण गर्न लागेको बुझिएको छ ।

सरकारले भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि प्रशिक्षण गर्न अनुमति दिएसँगै नेपाल क्रिकेट संघले राष्ट्रिय टिमको तयारीका लागि गृहकार्य थालेको हो।

आइसिसीले विश्वकप लिग-२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्याण्डबीचको त्रिकोणात्मक सिरिज आगामी सेप्टेम्बर २० मा गर्ने प्रस्ताव गरेको छ।

प्रतिक्रिया दिनुहोस्