Logo

गुल्मीमा भीरबाट लडेर एक जनाको ज्यान गयो



Spread the love

१५ साउन, गुल्मी – गुल्मीमा भीरबाट लडेर एक जनाको ज्यान गएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर छ का ३५ वर्षिय लक्ष्मण घर्तीको भीरबाट लडेर ज्यान गएको हो ।

साउन १२ गते देखि बेपत्ता भएका उनी बिहिबार भिरमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदार पन्तले सल्लेरी खबरलाई बताए ।

उनी भीरबाट करिब ५० मिटर तल खसेको र घटन बारे अनुसन्धान भइरहेको गुल्मी प्रहरीले जनाएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्