Logo

वीरगञ्ज महानगरपालिकाका मेयरलाई कोरोना संक्रमण



Spread the love

१६ साउन,काठमाडाैँ – वीरगञ्ज महानगरपालिकाका मेयरलाई समेत कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । महानगरपालिकाका मेयर विजय सरावगीले फेसबुकमार्फत् आफूलाई संक्रमण पुष्टि भएको जानकारी दिएका छन्।

उनले फेसबुकमा लेखेका छन्, “‘तपाईंहरूको सेवामा अनवरत रूपमा लाग्दा लाग्दै म स्वयं कोरोना संक्रमणको चपेटामा परेको छु। म अहिले उपचारार्थ छु। मेरो स्वास्थ्य अवस्था सामान्य छ। मैले छिट्टै नै कोरोनालाई जित्नेछु।”

उनी चार दिन अघि काठमाडाैँ आएको र काठमाडाैँ मै परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको उनका राजनीतिक सल्लाहकार मुकेश दुवेदीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्