Logo

ट्रेड यूनियन निर्वाचनको लागि कार्यालय स्थापना



Spread the love

१५ साउन, काठमाडौ। निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड यूनियन निर्वाचन २०७७ सम्पन्न गर्नको लागि प्रारम्भिक तयारी शुरु भएको छ । आगामी २०७७ साल असोज २४ गते हुन गैरहेको निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड यूनियन निर्वाचन सम्पन्न गर्न नेपाल सरकार (मन्त्रीपरिषद्) को मिति २०७७/०४/०५ को निर्णयले न्याय सेवा कानून समूहका सह-सचिव श्री कलानिधी पौड्याललाई प्रमुख निर्वाचन अधिकृत तोकेको छ ।

यही श्रावण १२ गते सिंहदरवार स्थित जल तथा उर्जा आयोग सचिवालयको हलमा स्थापना भएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयको समुद्घाटन श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव श्री तोयम रायले गर्नुभएको थियो । प्रमुख निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन सम्पन्न गर्नको लागि आवश्यक पर्ने निर्देशिका, कार्यविधि तथा आचार संहिता निर्माणको कार्य गरिरहेको छ । घोषित निर्वाचनको लागि मतदाता नामावली लगायत निर्वाचन सम्बद्ध अन्य विषयहरु टुङ्गो लगाउन कार्यालयले सरोकारवाला निकाय तथा राष्ट्रिय स्तरका ट्रेड यूनियका पदाधिकारीहरुसँग छलफल एवं परामर्श गर्ने काम गरिरहेको छ ।

निर्वाचनलाई निश्पक्ष, स्वतन्त्र एवं पारदर्शी ढंगले सम्पन्न गर्नको लागि प्रमुख निर्वाचन अधिकृतको कार्यालयले आफ्ना सम्पूर्ण संयन्त्रहरु परिचालन गरिने छ। निर्वाचनले आगामी ४ वर्षका लागि केन्द्रिय, विभागिय र जिल्लास्तरको आधिकारीक ट्रेड यूनियन समितको टुंगो लगाउने पनि निर्वाचन कार्यलयका शाखा अधिकृत भेषराज घिमिरेले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्