Logo

आयरल्याण्डविरुद्धको एक दिवसीय सिरिजमा इङ्ग्ल्यान्ड ६ विकेटले विजयी



Spread the love

एजेन्सी। आयरल्याण्डविरुद्धको एक दिवसीय सिरिजमा इङ्ग्ल्यान्ड ६ विकेटले जीत हात पारेकाे छ । गएराति साउथह्याम्पटनमा भएको पहिलाे खेलमा आयरल्याण्डले दिएको १ सय ७३ रनको विजयी लक्ष्य पछ्याएको इङ्ग्ल्यान्डले २७ ओभर ५ बलमा ४ विकेट लक्ष्य भेटायाे।

घरेलु टोलिको लागि साम विलिङस अर्धशतकीय पारी खेले । उनले ५४ बलकाे सामाना गर्दै ६३ रनको अर्धशतकीय पारी खेलेका हुन् । त्यस्तै, कप्तान इयोन मोर्गन ३६ रनमा अविजित रहे । आयरल्याणन्डका लागि क्रेग योङले दुई विकेट लिए । त्यस्तै एन्डि म्याकब्रिने र कुर्टिस क्याम्पेरले समान एक एक विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ थालेकाे आयरल्याण्डले ४४ ओभर ४ बलमा अलआउट हुँदै १ सय ७२ रन बनाएको थियो ।

याेसँगै तीन खेलको सिरिजमा इङ्ल्यान्डले १-० को अग्रता बनाएको छ । दोस्रो खेल शनिबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्