Logo

रक्षाबन्धनको पौराणिक कथा



Spread the love

भाइ र बहिनीबीचको अठोट प्रेमलाई दर्शाउने पर्व रक्षाबन्धन नजिकिएकाे छ । रक्षाबन्धन शब्दमा दूई ओटा शब्द जोडिएको छ रक्षा र बन्धन’ रक्षाको अर्थ भाइले बहिनीको रक्षा गर्ने बाचा दिन्छ भने बन्धन जसले भाई बहिनीको सम्बन्धमा अझ बढी माया, स्नेह नजदीकी र प्रेम ल्याउँछ ।

रक्षा बन्धनकाे दिन बहिनिहरुले आफनो भाईका हाथमा पवित्र धागो राखि बाधेर टिका लगााएर मिठाई खुवाउछन । भाइले पनि बहीनिलाई केही न केही उपहार अथवा दक्षिणा पैसा दिन्छन् तथा बहिनिकाे रक्षा गर्ने वाचा दिन्छन् ।

श्रावण पूर्णिमाको दिन मन्दिरमा विशेष पूजा अर्चना हुन्छ र रक्षाबन्धनको दिन दानपुण गर्नुको केही बेग्लै महत्व पनि छ ।

पौराणिक कथा – कुनै युगमा देवराज इन्द्र र दैत्यराज वृतासुरका साथ १२ वर्षसम्म भयकरं युद्ध चलेको थियो ।यस युद्धमा असुरहरुले देवताहरु मथि विजय प्राप्त गरेका थिए । पराजित देवगण धर्म एवं संस्कार विहीन भएर जीवनयापन गर्न लागे । यसरी गौरवहीन जीवनदेखि देवराज इन्द्र बाचनु भन्दा मर्नु नै श्रेयस्कर सम्झेर असुरसगं अन्तिम युद्ध गर्ने संकल्प लिनुहुन्छ । त्यो दिन श्रावण चतुर्दशीको दिन थियो । अतस्देवगुरु बृहस्पतिले अघिल्लो दिन इन्द्रको कल्याण एवं विजय कामना होस भनी श्रावणमासको पुर्णिमाको शुभमुर्हतमा इन्द्रलाई रक्षासुत्र अर्थात रक्षाबन्धन बाधेर बल प्रदान गरेका थिए । र त्यसपश्चात इन्द्रको जित पनि भएको थियो ।

यमराज र यमुनाकाे राखी : मृत्युको देवता यमराज र यमुना भाई दिदी भाई थिए । एक पटक यमुना आफ्नो भाई यमराजलाई रक्षा सुत्र बाधेर लामो आयुको आर्शिवाद दिएकी थिइन् । त्यहीबाट यो परम्परा श्रावण महिनामा मनाइदै आएको छ ।

महाभारतमा राखीः महाभारत युद्धमा पांडवको जित सुनिश्चित गर्न श्रीकृष्णले युधिष्ठिरलाई सेनाको रक्षाको लागि सुत्र बाध्न सुझाव दिएका थिए । यसको साथै कुन्ती आफ्नो नाती अभिमन्यु र द्रौपदीले श्रीकृष्णलाई राखी बाधिदिएका थिए ।

राखी र सिकन्दरको कहानी: राखीको कारण सिकन्दरको ज्यान बचेको थियो । सिकन्दर र हिन्दु राजा बिच युद्ध हुन गई रहेको थियो । सिकन्दरको पत्नीले हिन्दु राजालाई भाई मानेर राखी बाधिदिएकोले बहिनीलाई दिएको वचनको कारण सिकन्दरलाई जीवन दान दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्