Logo

गुल्मीमा पहिरो : दुई जनाको ज्यान गयो, दुई बेपत्ता, मृतकको संख्या बढ्न सक्ने !



Spread the love

१६ साउन्, गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिका वार्ड न ५ टाहाटिम आटिपाटामा पहिरोले घर बगाउँदा एकै घरका दुई जनाको ज्यान गएको छ भने दुई जना बेपत्ता भएका छन् ।

त्यहाँ स्थित राजु बोटेको घर पहिरोले बगाउँदा दुई जनाको ज्यान गएको वडा अध्यक्ष हरि ज्ञवालीले सल्लेरी खबरलाई जानकारी दिए । मृतकको संख्या बढ्न सक्ने वडा अध्यक्ष ज्ञवालीले बताएका छन् । साथै मृतकको पहिचान हुन सकेको छैन । अहिले उद्दारका लागि इलाका प्रहरी चौकी रिडी र इलाका प्रहरी चौकी जोहाङ्गको टोली घटना स्थल तर्फ प्रस्थान गरेको छ ।

अविरल वर्षाका कारण ठाउँ ठाउँमा पहिरो गएर सडक अवरुद्ध हुँदा उदारमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक केदार प्रसाद पन्तले सल्लेरी खबरलाई बताए । घटना बारे थप विवरण आउन बाकी छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्