Logo

अस्ट्रेलियामा १ दर्जन नेपालीलाई कोरोना संक्रमण



Spread the love

१७ साउन, काठमाडाैँ – अस्ट्रेलियामा रहेका नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ । अस्ट्रेलियाको भिक्टोरिया राज्यमा बस्ने १२ जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष प्रेमप्रसाद कँडेलले दिएको जानकारी अनुसार कोरोना भाइरसबाट संक्रमित हुनेमा विद्यार्थीदेखि एनआरएनए पदाधिकारीसमेत रहेका छन् ।

उपाध्यक्ष कँडेलले कोरोना सङ्क्रमित नेपालीका लागि कमसेकम ३ हफ्ताका लागि पुग्ने गरी ग्रोसरी किनेर सहयोग गर्नुका साथै आवश्यक परेको खण्डमा पीडितलाई डाक्टरसँग सम्पर्क गरेर मानसिक एवम् अन्य तवरले सहयोग गर्दै आएको समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्