Logo

पुत्रदा एकादशीको व्रत बस्दा कस्तो फल मिल्छ र सयौं फाइदा !



Spread the love

पुत्रदा एकादशीकाे व्रत वर्षमा दुइ पटक पर्छ । साउन र पुस शुक्लपक्षको एकादशीमा पुत्रदा एकादशी मनाइन्छ। पौष महिनाको शुक्ल पक्षको एकादशीलाई पौष पुत्रदा एकादशी भनिन्छ भने श्रावण महिनाको शुक्ल पक्षको एकादशीलाई श्रावण पुत्रदा एकादशी भनिन्छ ।

भगवान् मधुसूदनले उनका जिज्ञासा शमन गर्ने उद्देश्यले बताउनु भयो–यस एकादशीको नाम पुत्रदा हो । अब तिमी शान्तिपूर्वक यसको कथा सुन । यसलाई सुन्नाले मात्र वाजपेयी यज्ञको फल प्राप्त हुन्छ ।

पद्म पुराणका अनुसार सांसारिक सुख प्राप्ति तथा पुत्र लाभका लागि पुत्रदा एकादशी व्रत फलदायी मानिन्छ । सन्तानहीन या पुत्रहीन मानिसहरुले यो व्रत लिनाले फल प्राप्ति हुने धार्मिक विश्वास छ ।

धर्मशास्त्रहरु अनुसार प्राचिनकालमा भद्रावतीपुरी नगरमा राजा सुकेतुमानले राज्य गर्दै आएका थिए । तर ती राजाका सन्तान भने थिएनन् । राजा निसन्तान भएका कारण राजपरिवारमा चिन्ता थपिएको थियो ।

अतः म अत्यन्त दुःखी छु, यसको के कारण हो ?

राजा महीजीतका यी कुरा सुनेपछि यी रहस्य पहिल्याउन मन्त्री तथा प्रजाका प्रतिनिधि वनतर्फ गए । त्यहाँ ठूला–ठूला ऋषि मुनि हरूको दर्शन गरे । राजाका उत्तम कामनाका पूर्तिका लागि कुनै श्रेष्ठ तपस्वी मुनिलाई खोज्न थाले । एउटा आश्रममा तिनले एकजना अत्यंत वयोवृद्ध धर्मज्ञ, ठूला तपस्वी, परमात्मामा निरन्तर मन लगाउने, निराहार, जितेन्द्रीय, जितात्मा, जितक्रोध, सनातन धर्मका गूढ़ तत्वलाई जान्ने, समस्त शास्त्रका ज्ञाता महात्मा लोमश मुनिलाई देखे, जुन मुनिको कल्प व्यतीत भएपछि एउटा रौं झर्यो।

सबैले गएर ऋषिलाई प्रणाम गरे । ती मानिसलाई देखेर मुनिले सोधे – हजुरहरू के कारणले पाल्नु भएको हो ? निस्संदेह म हजुरहरूको हित गर्नेछु । मेरो जन्म केवल अर्काको उपकारका निम्ति भएको हो, यसमा संदेह गर्नु पर्दैन । लोमश ऋषिका यस्ता वचन सुनेर सबै जनाले भने – हे महर्षे ! हजुर हाम्रा कुरा बुझ्न ब्रह्मा जत्तिकै समर्थ हुनुहुन्छ । अतः हजुरले हाम्रो यस संदेहलाई निवारण गर्नुहोस । महिष्मति पुरीका धर्मात्मा राजा महीजित प्रजाको पालन पुत्रवत् गर्दछन र पनि उनी पुत्रहीन हुनुपर्ने कारण के हो ।

यस दिन भगवान बिष्णुको बालगोपाल रुपको पूजा गर्ने गरिन्छ । बालगोपाल बिष्णुको प्रतिमा स्थापना गरी पञ्मामृतले स्नान गराई धुप दिप नैवेद्य सहितले पूजा गरिन्छ भने नरिवल, पान, सुपारी, ल्वाँङ जस्ता प्राकृतिक फलफूलहरु चढाइन्छ । एकादशीको भोलिपल्ट द्वादशीका दिन बिष्णुलाई अर्ध्य दिएर व्रत र पूजा समापन गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्