Logo

प्रेमप्रसाद सञ्जेलमाथि कार्यकक्षमै कुटपिट



Spread the love

१७ साउन, विराटनगर – उपसचिव प्रेमप्रसाद सञ्जेलमाथि कार्यकक्षमै कुटपिट भएको छ ।

भ्रष्टाचारविरुद्ध खरो अभिव्यक्ति दिँदै आएका श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख सञ्जेलमाथि शनिबार बिहान ११ बजे कार्यकक्षमै कुटपिट भएको बताइएको छ ।

प्रहरीले कुटपिटमा संलग्न भएको भन्दै दुई करारका महिला कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले नेत्र भट्टराई र मेनुका सापकोटा कोइरालालाई नियन्त्रणमा लिएको बताइएको छ ।

कुटपिटबाट सञ्जेलको अनुहारमा चोट लागेको बताइएको छ भने विवादबारे बुझ्ने काम भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्