Logo

बझाङमा क्वारेन्टिनबाट घर फर्किएका ६६ जनामा कोरोना पुष्टि भएसँगै गाउँपालिका सिल !



Spread the love

१७ साउन, धनगढी।असार अन्तिम साता भारतको बेंलोरबाट आएर क्वारेन्टिनमा बसेर घर पुगेका बझाङको केदारस्यूँ गाउँपालिकाका ६६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि स्वास्थ्य शाखा प्रमुख कैलाश बलायरले जानकारी दिए ।

उनीहरु एकै ठाउँबाट एकैसाथ आएका ६६ जनासहित १२५ जनाको साउन ७ गते स्वाब संकलन गरिएको थियो ।

भारतबाट आएको १४ दिन पुगेपछि ९ गते उनीहरु घर फर्केका थिए । घर गएको एक हप्तापछि ६६ जनामा कोरोना संक्रमण पुष्टि भयो । घर गएकामध्ये शुक्रबार २५ जना र शनिबार ४१ जना गरी ६६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख कैलाश बलायरले बताए ।

अहिले केदारस्यूँ गाउँपालिकाको ६ र ७ वडालाई सिल गर्ने निर्णय गरेको गाउँपालिका उपाध्यक्ष निशा धामीले बताइन् । ‘शनिबार बसेको गाउँ कार्यपालिकाको बैठकले दुबै वडा सिल गर्ने र गाउँपालिकामा लकडाउन कडा गर्ने गरेको छ ‘उनले भनिन्

प्रतिक्रिया दिनुहोस्