Logo

आफ्नै घरको परिवारले अन्तिम पटक स्वाब परीक्षणको रिपोर्ट नआएको भन्दै हेप्दा युवाले गरे आत्महत्या



Spread the love

१७ साउन, जनकपुरधाम । आइसोलेशनबाट फर्किएका धनुषाको मिथिला बिहारी नगरपालिका वडा नं. २ का एकजनाले आत्महत्या गरेका छन्।

तनहुँको क्वारेन्टिनमा बसेका ...

क्वारेन्टिनमा बसेका विशेश्वरमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसनमा राखिएको थियो। कोरोनाको लक्षण नदेखिएकोले करिब १० दिन पछि आइसोलेसनबाट होम आइसोलेसनमा पठाइएको थियो।

आइसोलेसनबाट घर फर्किएका पनि अन्ति पटक स्वाब परीक्षण नभएको भन्दै उनलाई घर बाहिर नै राखेर परिवारका सदस्यहरूले पातमा खाना दिइरहेको स्थानीयले बताए ।

धनुषाको मिथिला बिहारी नगरपालिका वडा नं. २ पुरन्दहाका विशेश्वर यादवले प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसनबाट घर फर्केको करिब दुई हप्तापछि शुक्रवार आत्महत्या गरेका छन्।

यता, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको बताए। धनुषामा गत आर्थिक वर्षमा मात्र १ सय २९ जनाले आत्महत्या गरेका छन्।

प्रतिक्रिया दिनुहोस्