Logo

आज ३१५ जनामा कोरोना संक्रमण देखिएसँगै कुन जिल्लामा कति संक्रमित थपिए ?



Spread the love

१७ साउन, काठमाडौं । आज थप ३१५ जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

२४ घण्टा याता ३१५ जना कोरोना संक्रमण देखिएका मध्य बझाङका ६८ जना, पर्साका ६६ जना, अछामका २८ जना, इलामका २२ जना, कञ्चनपुरका ९ जना र सप्तरीका ७, काठमाडौं र सिराहाका ५/५ जना, झापा, मोरङ, रामेछाप र रुपन्देहीका २/२ जना तथा सुनसरी, उदयपुर, बारा, रौतहट, काभ्रे, भक्तपुर, कास्की र सल्यानका एकएक जनामा संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या २० हजार ८६ पुगेको छ । उनीहरुमध्ये ५७ जनाको मृत्यु भएको छ भने १४ हजार ४९२ जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्