Logo

नेपालमा कोरोनाबाट थप एकको मुत्यु, संसारकै ६५ नम्बर सुचिमा



Spread the love

१७ साउन पर्सा । नेपालमा थप एक महिलामा कोरोना संक्रमणबाट मुत्यु भएको छ।

शुक्रबार बीरगञ्जको वयोद्धा अस्पतालमा मृत्यु भएकी बीरगञ्ज १६ नगवाकी ५० वर्षीया महिलामा उपचारको क्रममा मृत्यु भएकी छ ।

मुटु र उच्च रक्तचापको बिरामी रहेकी महिलालाई अस्पतालको आईसियुमा भर्ना गरि उपचार गर्नेक्रममा मृत्यु भएको हो।उनी गत साउन १४ गते उपचारको लागि अस्पतालमा भर्ना भएकी थिइन्।

यसअघि गत बुधबार दुई जना र बिहीबार तीनजनाको एकैदिन कोरोना संक्रमणका कारण वीरगञ्जमा मृत्यु भएको थियो।

यससँगै कुल संक्रमितको संख्या २० हजार ८६ पुगेको छ । उनीहरुमध्ये ५७ जनाको मृत्यु भएको छ भने १४ हजार ४९२ जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्