Logo

नेपालमा कोरोनाको कारण थप एक जनाको मृत्यु



Spread the love

१७ साउन, वीरगञ्ज – नेपालमा कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको छ । शनिबार साँझ वीरगञ्जको नारायणी वयोधामा उपचारका लागि भर्ना भएकी महिलाको कोरोना भाइरसका कारण मृत्यु भएको हो ।

पर्साको वीरगञ्जमा कोरोना भाइरसको सङ्क्रमणबाट थप १ जना महिलाको ज्यान गएको छ ।

उनी वीरगञ्ज महानगरपालिका वडा नं १६ की ६८ वर्षीया महिला रहेकी छन् । उनीमा शुक्रबार कोरोना भाइरसको पुष्टि भएको थियो ।

आजै पर्सामा अर्का एक जना महिलाको पनि मृत्युपछि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पर्सामा मात्रै कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्