Logo

पर्सामा थपिए ४५ जना नयाँ काेराेना संक्रमित



Spread the love

१८ साउन, वीरगञ्ज। पर्सामा थप ४५ जनामा कोरोनो संक्रमण देखिएको छ । याेसँगै पर्सामा कोरोना संक्रमितको सख्या ५०७ पुगेको छ ।

शुक्रबार ६४ जना थपिएर ४ सय ६२ जना संक्रमितको सख्या पुगेको पर्सा जिल्लामा शनिबार ४५ जना थपिएपछि कूल संक्रमितको सख्या ५०७ पुगेको हो ।

शनिबार ५ देखि ६२ वर्ष उमेर समुहका १४ महिला ३१ पुरुष गरी ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएकाे छ ।

कोरोना संक्रमित वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीको पहिलो चरणको कन्ट्याक्ट ट्रेसिङमा परेका सरावगीको परिवारका दुई सदस्यसहित ६ जनामा पनि संक्रमण देखिएको हाे।

प्रतिक्रिया दिनुहोस्