Logo

बोतलमा पेट्रोल नदिएपछि सर्पको प्रहार !



Spread the love

एजेन्सी । बुलढाणाको एक पेट्रोल पम्पमा बोतलमा पेट्रोल लिन आएका दुइ युवकले पम्पका म्यानेजर र क्यासियरको कोठामा सर्प छाडेर भागेका छन् ।

नाग पञ्चमीमा सर्प सम्बन्धि ७ रोचक तथ्य

सर्पलाई कोठामा देखनासाथ पेट्रोलपम्प भागदौड मच्चिएको थियो । पछि स्थानिय सपेरालाई बोलाएर सर्प नियन्त्रणमा लिइएको थियो ।भारतको महाराष्ट्र प्रदेशको बुलढाणामा यस्तै अनौठो घटना सार्वजनिक भएको छ ।

बुलढाणा मलकापुर सकडमा रहेको चौधरी पेट्रोल पम्पमा गत मंगलवार साझँ दुई युवक बोतलमा पेट्रोल लिन आए । तर भारत सरकारले तोकेको समयपछि पेट्रोल लिन आएको भन्दै पेट्रोल अस्विकार गरे ।

तब ती युवाले पेट्रोल नपाएको झोकमा पम्पका म्यानेजर र क्यासियरको कोठाको गोमन सर्प छाडेर भागे । सर्प छाडेर भागेको भिडियो पम्प सीसीटीभीमा रेकर्ड भएको पेट्रोल पम्प मालिक सारिका कैलास चौधरीले बताएका छन् । उनले युवाविरुद्ध कारबाहिको माग गर्दै प्रहरीमा मुद्दा हालेका छन् ।

प्रतिक्रिया दिनुहोस्