Logo

विराटनगरमा थपिए १५ जना कोरोना संक्रमित



Spread the love


१९ साउन, विराटनगर । विराटनगरमा  थप १५ जना कोरोना संक्रमित भएका छन् ।

कोशी अस्पताल विराटनगरमा परीक्षण गर्दा प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत सात प्रहरी कर्मचारीसहित १५ जना संक्रमित थपिएका विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखाले जनाएको छ।

त्यस्तै कोशी अस्पताल विराटनगरमा कार्यरत दुई जना र विराट मेडिकल कलेजमा कार्यरत एकजना कर्मचारीमा पनि कोरोना संक्रमण पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्